१३ बैशाख २०८१, बिहीबार

लक्षण छ तर कोरोना नेगेटिभ आए स्क्रब टाइफस परीक्षण गर्नु : स्वास्थ्य मन्त्रालय

240411864 242315337783408 4749523603309327638 n

के हो स्क्रब टाइफस ?

कोरोना संक्रमण र स्क्रबटाइफसका लक्षण मिल्ने भएकाले कोरोना परीक्षण नेगेटिभ आए पनि स्क्रब टाइफसको जाँच गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

आज मन्त्रालयले सार्वजनिक जानकारी दिँदै स्क्रब टाइफस रोग जीवजन्तुमा हुने संक्रमित किर्नाले टोके यो रोग मानिसमा सर्ने जनाएको हो ।

स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, खोकी, वान्ता, पेट दुखाई र पखाला लाग्ने, आँखा रातो हुने, टोकेको ठाउँमा कहिलेकहीँ कालो दाग देखिने, बिमिरा देखिने, सास फेर्न समस्या हुने जस्ता लक्षण देखिने मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले जानकारी दिनुभयो ।

स्क्रब टाइफसबाट बच्न खेत, झाडी वा वनजंगलमा जाँदा लामो बाहुला भएको कपडा लगाउने, मुसा नियन्त्रण गर्ने, सरसफाईमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको हो ।