१५ चैत्र २०८०, बिहीबार

निर्दोष ठहर हतियार चोरीको आरोपमा दुई सैनिक

sena

हतियार चोरी गरेको अभियोगमा जेल सजाय सुनाइएका दुई सैनिक निर्दोष ठहर भएका छन् ।

पुनरावेदन निवेदनमा फैसला सुनाउँदै सैनिक विशेष अदालतले अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ निर्दोष रहेको ठहर गरेको हो ।

दुवै जनालाई निर्दोष ठहर गरिए पनि ३ वर्षका लागि पदोन्नति बढुवा भने रोक्का हुने फैसला सुनाइएको छ । दुवै जनाको हकमा २०७५ चैत १८ गतेबाट गणना हुने गरी ३ वर्षका लागि पदोन्नति रोक्का हुने र साबिककै दर्जामा सैनिक सेवामा पुनर्वहाली गर्ने गरी फैसला भएको सैनिक जनसम्पर्क तथा सूचना निर्दशनालयले जनाएको छ ।

यसअघि उनीहरुलाई हतियार चोरी गरेको आरोपमा सैनिक अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। २ वर्ष अगाडि सैनिक अदालतले सुनाएको फैसलाविरुद्ध उनीहरुले २०७६ जेठमै सैनिक विशेष अदालतमा पुनरावेदन दिएका थिए । तर, उनीहरुको पुनरावेदन निवेदनमाथि सुनुवाइ हुन सकेको थिएन ।

अलम्दार गुरुङ र सिपाही तामाङले चोरी गरेको भनिएको सर्ट मेसिन गन एसएमजी गत साउनमा चितवनमा मृत फेला परेका सैनिक जवान भरत गुरुङको हत्यामा प्रयोग भएको थियो ।