१४ बैशाख २०८१, शुक्रबार

दुर्लभ थापालाई हराएर देखाउन महेश बस्नेतलाई देउवाको चुनौति

sherbadhur deuba
फाइल फोटो

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो चुनावमा भक्तपुरका कांग्रेस नेता दुर्लभ थापालाई हराएर देखाउन एमाले नेता महेश बस्नेतलाई चुनौति दिनुभएको छ ।

बस्नेतले गत भदौ पहिलो साता भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै चुनाव जित्ने दाबी गर्नुभएको थियो । देउवाले बस्नेतकै क्षेत्रमा पुगेर आज यो जवाफ फर्काउनुभएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा वडा अधिवेशनको उद्घाटन गर्दै देउवाले आगामी चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउने जिम्मेवारी आफूहरुलाई रहेको बताउनुभयो ।