७ बैशाख २०८१, शुक्रबार

आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरी सरकारमा फर्कने एमाले प्रवक्ता ज्ञावालीको दावी

pradip gyawali
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरी सरकारमा फर्कने दावी गर्नु भएको छ ।

तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हट्नु परेको जिकिर गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यामबाट फेरी आफनो पार्टी सरकारमा फर्कने बताउनु भएको हो ।

नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले आज लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भयो ।

प्रवक्ता ज्ञवालीले भूमि सम्बन्धि आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रीपरिषदलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो ।

उहाँले लिपुलेक नेपाली भूमिलाई समस्याको रुपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरुप्रति पनि आक्रोश व्यक्त गर्नुभयो ।