६ बैशाख २०८१, बिहीबार

पुरानै प्रतिस्पर्धी: एकै उम्मेदवारलाई नजिताएका गुल्मी-१ का मतदाताले यसपटक भण्डारीलाई जीताए

chandra pradeep

गुल्मी–१ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् । भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पछि पार्दै निर्वाचित भएका हुन् ।

मतगणना नसकिदै भण्डारीले लिएको अग्रताले उनको जित निश्चित भएको हो । निर्वाचनको औपचारिक परिणाम घोषणा हुन बाँकी रहेको छ । गुल्मी-१ का लागि नेपाली कांग्रेसका चन्द्र भण्डारी र प्रदीप ज्ञवाली पुरानै प्रतिस्पर्धी हुन्। यसअघि भण्डारी ०७० सालमा सो क्षेत्रमा निर्वाचित भएका थिए ।

२०५६ सालको चुनावमा ज्ञवालीले क्षेत्र नम्बर २ बाट कांग्रेसका चन्द्र केसीसँग प्रतिस्पर्धा गरेका थिए। त्यस निर्वाचनमा ज्ञवाली नै विजयी भए। त्यसपछि २०६४, २०७० र २०७४ र २०७९ सम्मको चुनावमा ज्ञवाली गुल्मी-१ बाट उठ्दै आएका छन्।

यसअघिका तीन चुनावमा यस क्षेत्रका मतदाताले दुई पटक भण्डारी र एक पटक  ज्ञवालीलाई प्रतिनिधि चुनेका छन्। २०६४ सालको निर्वाचनमा ज्ञवालीले चुनाव जितेका थिए भने २०७० को निर्वाचनमा भण्डारी निर्वाचित भएका थिए। यस्तै, २०७४ को निर्वाचनमा ज्ञवाली चुनिएका थिए। २०७४ सालको चुनावमा ज्ञवालीले वाम गठबन्धनको साथ पाएका थिए। यसपटक भण्डारीलाई सत्ता गठबन्धनको साथ पाए। 

२०६४ का यताका  तीन वटै चुनावमा लगातार दुई पटक एकै उम्मेदवारलाई नजिताएका गुल्मी-१ का मतदाताले फेरि सांसदमा भण्डारीलाई विजयी गराएका हुन् ।