८ बैशाख २०८१, शनिबार

चौधरी पुनः निर्वाचित, प्रदेशसभा सदस्यमा एमालेको बारामा तेस्रो जित

newskarkahna news408890

बारा १ (क) को प्रदेशसभा सदस्यमा त्रिलोकी चौधरी पुनः निर्वाचित भएका छन् । उनी दुई हजार पाँच सय २८ मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।

चौधरीले १६ हजार सात सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार रमेश दंगालले १४ हजार दुई सय ७० मत प्राप्त गरेका छन् । चौधरी  २०७४ को निर्वाचनमा पनि निर्वाचित भएका थिए ।

चौधरीको जितसँगै एमालेले बारामा उम्मेदवारी दिएको चार प्रदेशसभामध्ये तीनमा जित हात पारेको छ । यसअघि बारा ४(क) मा देवनारायण चौधरी, ३ ( क) मा रवीन्द्रदास श्रेष्ठ निर्वाचित भइसकेका छन् ।

बारा २ (क) मा भने एमाले उम्मेदवार बलवीर चौधरी पराजित भएका छन् । उनले उम्मेदवारी दिएको क्षेत्रमा स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार निर्वाचित भएका छन् ।