१७ मंसिर २०७८, शुक्रबार

सांसद मीना ज्ञवाली एकीकृत समाजवादीमा, सांसद संख्या १३ पुग्यो

mina gyali apfgL97c6c

बाग्मती प्रदेशमा नेकपा एकीकृत समाजवादीको प्रदेश सांसद संख्या १३ पुगेको छ ।

नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य मीना ज्ञवाली नेपालले एकीकृत समाजवादीका पक्षमा शुक्रबार सनाखत गर्नुभएको हो ।

उहाँ समानुपातिक सांसद हुनुहुन्छ । सांसद नेपालले हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर समाजवादीका पक्षमा सनाखत गर्नुभएको हो ।

बागमतीमा एमालेका ५६ जना सांसद रहेकोमा अब १३ जना समाजवादीका पक्षमा र ४३ जना एमालेका पक्षमा छन्।