७ बैशाख २०८१, शुक्रबार

सात लाख ठगी गरेको अभियोगमा रौतहटबाट एक जना पक्राउ

kurmi1630671273

ठगी गरेको आरोपमा रौतहटबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विदेशमा राम्रो काम लगाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा जिल्लाको यमूनामाई गाउँपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय विनय राउत कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीमा राम्रो चिनजान भएकाले भगौडा प्रहरीको खाली ठाउँमा काम लगाइ दिन्छु भन्दै सात लाख ठगी गरेकाे गौर नगरपालिका वडा नम्बर ७ का २२ वर्षीय सुधिरकुमार झाले कुर्मीविरुद्ध प्रहरीमा उजुरी दिएपछि प्रहरीले उजुरीकाे आधारमा कुर्मीलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

७ लाख ५५ हजार रुपैयाँ ठगी गरेर कुर्मी फरार भएको भन्दै झाले दिएको उजुरीपछि, प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले खोजतलास गर्दा सुकदेवचोकबाट कुर्मीलाई पक्राउ गर्न सफल भएकाे थियाे ।

जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई कुर्मीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।