१४ बैशाख २०८१, शुक्रबार

दशैंअघि कोटेश्वर देखी जडिबुटीसम्म ८ लेनको सडक बन्ने

Koteshwor jadibuti
फाइल फोटो

उपत्यकामै सबभन्दा बढी जाम हुने सडक मध्ये कोटेश्वर–जडिबुटी सडकखण्ड पनि एक हो ।

पिक आवरमा घण्टौंसम्म जाममा बस्नुपर्ने बाध्यता रहँदै आएको उक्त खण्डमा ४ महिनाभित्र ८ लेनको सडक बनाउने १ बर्ष अघि नै काम थालिएको थियो । तर अझैसम्म उक्त सडक ८ लेनको बन्न सकेको छैन ।

काठमाडौं उपत्यकामै सबभन्दा बढी जाम हुने सडक मध्ये एक हो, कोटेश्वर–जडिबुटी सडकखण्ड । यस खण्डमा पिक आवरमा घण्टौंसम्म जाममा बस्नुपर्ने बाध्यता रहदै आएको छ

यहि बाध्यता अन्त्य गर्ने लक्ष्यसहित १ बर्ष अघि ८ लेनको सडक बनाउने घोषणा भयो र काम थालिएको थियो । तर अझैसम्म उक्त सडक ८ लेनको बन्न सकेको छैन ।

एक बर्ष अघि गत भदौमा तत्कालिन ओली सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले ४ महिनामा उक्त सडक ८ लेनको बनाउने घोषणा गरेका थिए । तर सडक विस्तारको काम अझैसम्म सम्पन्न भएको छैन ।

८ लेनमा विस्तार भएपछि कोटेश्वर–जडिबुटीमा पिक आवरमा जाम नहुने विश्वास गरीएको छ । योजनाअनुसार लेन विस्तारपछि पेप्सीकोलातर्फ जाने सवारीले काटेश्वरमा जाममा नबसी सो लेन प्रयोग गर्न सक्नेछन् ।

यस्तै भक्तपुरबाट कोटेश्वर चोक हुँदै बालकुमारी (ललितपुर) तर्फ जाने गाडीले पनि कोटेश्वरमा जाममा बस्नुपर्ने छैन । तर ४ महिनामा सक्ने भनेर गत भदौमा थालिएको सडक विस्तारको काम किन अझैसम्म पुरा हुन सकेन त ?

करिब ३ सय मिटरको कोटेश्वर–जडीबुटी सडकखण्ड साँघुरो हुँदा कोटेश्वर काठमाडौं उपत्यकाकै सबैभन्दा बढी जाम हुने क्षेत्र बनेको छ ।

जाइकाको सहयोगमा सुरुङमार्ग निर्माणको कार्ययोजना बनिरहे पनि तत्काल समस्या समाधानका लागि लेन विस्तारको काम सुरू गरिएको थियो ।

तर भनेको समयमा बजेट नपाउँदा र कोरोना कहरका कारण सडक विस्तारमा ढिला भएको सडक डिभिजन कार्यालय काठमाडौंले बताएको छ । तथापी १ महिना भित्र ८ लेन विस्तारको काम पुरा हुने डिभिजन कार्यालयले बताएको छ ।

जडिबुटी–कोटेश्वर सडकखण्डभित्र पर्ने ६ आना १ पैसा जग्गा र उक्त जग्गामा बनेको घर अधिग्रहण प्रकृयामा सडक विस्तारका क्रममा नीजि क्षेत्रमा बनेका घरलाई मुआब्जाको व्यवस्था गर्नुपर्नेमा ढिलाइ भएको छ ।

करिब १२ करोड लागतमा फुटपाथसहित ८ लेनमा विस्तार हुने उक्त सडकखण्ड निर्माण भएपछि त्यसक्षेत्रमा जाम नहुने विश्वास गरीएको छ ।