१२ बैशाख २०८१, बुधबार

अमेरिकामा तुफानमा परि कम्तिमा ४१ जनाको निधन

tsunamii

अमेरिकामा तुफानमा परि कम्तिमा ४१ जनाको ज्यान गएको छ ।

अमेरिकाको विभिन्न राज्यमा आएको आइडा नामक आँधी, मुसलधारे बर्षाका कारण कम्तीमा ४१ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।

न्यूयोर्कका मेयर बिल डी ब्लासियोका अनुसार खराब मौसमका कारण अमेरिकाको कैयौं क्षेत्रमा आपतकालिन स्थितिको घोषणा गरिएको छ । बाढीका कारण सवारीसाधन डुबेकाछन् भने भवनहरु समेत पानीले भरिएका छन् ।

न्युयोर्कमा पछिल्लो ९० बर्षको सबैभन्दा बढी मात्रामा वर्षा भएको जनाएको छ । यो तुफानलाई सबैभन्दा शक्तिशालि तुफान मानिएको छ ।

न्यूयोर्क, मिसिसिप्पी, अलाबामा र फ्लोरिडा जस्ता राज्यमा सडक खोलामा परिणत भएको छ । उद्धारकर्मीहरु डुङ्गा लिएर उद्धारका लागि जुटिरहेका छन् ।