Close Me
२४ माघ २०८१, बिहीबार

५.६ प्रतिशतले बढ्यो अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या, १२औं ठूलो संख्या नेपालीको

student foren

अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या ५.६ प्रतिशतले बढेको छ । 

इन्स्टीच्युट अफ इन्टरनेसनल एजुकेसन (आइआइई) र अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ एजुकेसन एन्ड कल्चरल अफेयर्सले जारी गरेको ‘ओपन डोर्स रिपोर्ट २०२१/२२’ मा नेपाली विद्यार्थीको संख्या बढेको देखाइएको हो । 

अघिल्लो वर्षको तुलनमा वर्ष २०२१/२२ मा अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या ५.६ प्रतिशतले बढेको हो । यो वृद्धिसँगै अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ११ हजार ७७९ पुगेको छ ।

प्रतिवेदनमा अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको सूचिमा नेपाल १२औं नम्बरमा रहेको छ । अर्थात अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा १२औं ठूलो संख्या नेपालीको छ । 

प्रतिवेदनमा अमेरिकामा उक्त वर्ष दुई सय देश तथा क्षेत्रका ९ लाख ४० हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत रहेको उल्लेख गरिएको छ । 

अन्तर्राष्ट्रिय विद्यार्थीका कारण गत वर्ष अमेरिकाले ३२ अर्ब अमेरिकी डलर आर्जन गरेको जनाइएको छ ।