१२ बैशाख २०८१, बुधबार

थप एक साता लम्बियाे कास्कीमा निषाेधाज्ञा, सवारी साधनमा लगाइएकाे जाेरविजाेर प्रणाली हट्याे

dao kaski

जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लामा जारी निषेधाज्ञा एक साता थपेकाे छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा कोरोना सङ्क्रमण नियन्त्रण नभएको भन्दै भाद्र ३१ गते राति १२ बजेसम्म थप गरेको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार जारी निषेधाज्ञामा भएका मापदण्डनै कायम भएकाे तर सवारी साधनमा लागाइएकाे जाेरविजाेर प्रणाली भने हटेकाे छ ।

जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गरेकोमा शुक्रबार रातीदेखि त्यसलाई हटाएको हाे । शनिबारदेखि कास्की जिल्लामा निर्वादरुपमा निजी तथा सार्वजनिक सवारीहरू सञ्चालन हुने प्रजिअ गाैतमले जानकारी दिनुभयाे ।

प्रशासनले निश्चित सङ्ख्यामा यातायात व्यवसायी संस्थाको सिफारिसमा जिल्ला प्रशासनबाट पास लिएर लामो दुरीका सवारी साधनहरू सञ्चालन गर्न दिने निर्णयलाई निरन्तरता दिएको छ । व्यवसायीले सवारीका साधन सञ्चालन गर्दा सिट क्षमता बन्दा बढी यात्रु बोक्न भने पाइने छैन । बसका चालक तथा सहचालकले अनिवार्य मास्क, फेससिल्ड प्रयोग गर्नुपर्ने छ भने यात्रुले मास्क अनिवार्य रूपमा लगाउनु पर्नेछ ।