७ बैशाख २०८१, शुक्रबार

तुइन घटना : सत्य तथ्य सार्वजनिक गर्न एमालेको माग

Uml New office 1024x538 1

नेकपा (एमाले)ले जयसिंह धामी बेपत्ता भएको तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेकाले सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा प्रतिवेदन बुझाइएकोले त्यससम्बन्धी सत्य तथ्य सार्वजनिक गर्न माग गर्नुभएको हो ।

उहाँले दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न मागसमेत गर्नुभयो ।

धामीका सम्बन्धमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिले यही १५ भदौमा गृह मन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।