१३ बैशाख २०८१, बिहीबार

गलत राजनितिक उध्येश्य र नियत राखेर प्रोपोगाण्डा चलाउनेहरु नव मण्डलेहरु हुन्: अध्यक्ष तामाङ

ranjit tamang

अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले बिध्यार्थी अआन्दोलन बिघठन गर्नुपर्छ भन्नेहरु मण्डले भएको आरोप लगाएका छन् ।

अखिल (क्रान्तिकारी)ले आगामी सम्मेलनको शैक्षिक कार्यदिशा तयगर्न सुझाव लिने उद्धेश्यले बिहिबार राजधानीमा गरेको अन्तर्क्रिया कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै तामाङले यस्तो प्रतिकृया दिएका हुन् ।

‘आन्दोलनमाथी उठइएका सबै प्रश्नहरुको सामना गर्न तयार छौं सामना गर्न तयार छौं ,कमजोरीहरु सच्याउँदै अघि बढोस भन्ने जायज सुझाव प्रति आभारी पनि छौं’, तामङले भने । ‘तर पछिल्लो समय जवरजस्ती र नियतबस युवा बिध्यार्थी संगठनमाथी प्रहार हुन थालेको छ । गलत राजनितिक उध्येश्य र नियत राखेर प्रोपोगाण्डा चलाउनेहरु भने नव मण्डलेहरु हुन् ।’ इतिहासदेखी पछिल्लो प्रतिगमन बिरोधी आन्दोलन सम्म जनताको मुद्धा बोकेको यो बिध्यार्थी आन्दोलन अहिले पनि मुलुकको सबैभन्दा लोकप्रिय सचेत युवा शक्ति भएको तामङले दाबी गरे ।

यसैगरि टिप्पणीको क्रममा संगठनका महासचिव उत्तम अधिकारीले विध्यार्थी संगठनकै पुर्व नेताहरु यहि आन्दोलनलाई भर्याङ बनाएर आज आन्दोलनको बिपक्षमा बक्तब्य दिँदै हिडेको आरोप लगाए ।

छलफलका सहभागीहरु र पुर्व नेताहरु समेतबाट बिध्यार्थी आन्दोलनमा उपभोक्ताबादी संस्कृती मौलाएको र बिध्यार्थी संगठनहरुको उस्थितीकै बीच शैक्षिक क्षेत्र बिकृतीको केन्द्र बनेको भन्ने आरोपमा बिध्यार्थी नेताहरुको तेस्तो प्रतिकृया आएको हो ।

उपाध्यक्ष दिपक देवकोटाद्वारा प्रस्तुत ‘नेपाली बिध्यार्थी आन्दोलनको समिक्षा’ बिषयक अन्तर्कृया कार्यक्रममा बिध्यार्थी संगठनका पुर्व अध्यक्षहरु लीलामणी पोखरेल, देब गुरुङ, प्रकाश पोखरेल, जिवन गौतम र रमेश मल्ल सहित पुर्व बिध्यार्थी नेता तथा बागमती प्रदेश सदस्य रत्न ढकाल तथा बर्तमान अध्यक्ष रन्जित तामाङले बिध्यार्थी आन्दोलनको आगामी कार्यदिशाका सन्दर्भमा धारणाहरु राखेको अखिल (क्रान्तिकारी) प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।

चार बर्ष अघि किर्तिपुरमा भएको २१औँ सम्मेलनबाट अध्यक्षमा रन्जित तामाङ निर्वाचित भए यता २/२ बर्षमा हुनुपर्ने सम्मेलन मुलुकको राजनितिक घट्नाक्रम, नेकपा एकता र फुट तथा कोभीढ महामारी पछि रोकिंदै आएको थियो । यहि असोज ८ ९,र १० गते काठमाडौमा २२ औँ रास्ट्रिय सम्मेलन गर्ने निर्णय सहित तिब्र तयारीमा रहेको अखिल (क्रान्तिकारी)को सम्मेलनमा मुलुकभरबाट ९९९ प्रतिनिधी सहभागी हुने मैनालीले जानकारी दिए ।