१३ बैशाख २०८१, बिहीबार

अनेरास्ववियूको भागबण्डा टुंगियो, केन्द्रीय कमिटी तीन सय ३५ सदस्यीय (सूचिसहित)

157811801981369415 575506189678662 39849

संयोजक र सहसंयोजक तोकिएको ७ महिनापछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को केन्द्रीय कमिटीले पूर्णता पाएको छ ।

शुक्रबार बसेको बैठकले ७ महिना लामो अन्यौलता अन्त्य गर्दै ३३५ सदस्यीय केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।

तत्कालिन एमाले र माओवादी एक भए पनि विद्यार्थी संगठनको केन्द्रीय कमिटीले पूर्णता पाउन सकेको थिएन । गएको जेठमा भागवण्डाको आधारमा तत्कालिन एमालेबाट ऐन महर संयोजक र माओवादीबाट रञ्जित तामाङ सहसंयोजक तोकिएका थिए ।

अहिले केन्द्रीय समिति विस्तार गर्दा पनि भागबण्डाकै आधारमा विस्तार गरिएको छ । विस्तारित ३३२ केन्द्रीय सदस्यमा तत्कालीन एमाले समर्थित विद्यार्थी संगठनले १८० सदस्य लिँदा तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीले १५५ जना सदस्य पाएको छ ।

त्यस्तै, केन्द्रीय कमिटीको सचिवालय १११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय गठन गर्ने निर्णय पनि बैठकले गरेको अनेरास्ववियू संयोजक र सहसंयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संगठनमा केन्द्रीय कमिटीका अतिरिक्त लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोग गरी ३ वटा केन्द्रीय निकाय पनि गठन हुने विज्ञप्तिमा उल्लेख छ ।

nekapas1 91PJ1C14NC

nekapas2 BMftJpS1Vl

nekapas3 5F1tHgi4lh nekapas4 b6QzBJZTu8 1 nekapas54444

nekapas6 jgnp480m8r

    सम्बन्धित समाचार...