१५ चैत्र २०८०, बिहीबार

उत्साहजनक रुपमा मतदानमा सभागी भए मतदाता कास्कीमा, ४२ प्रतिशत मत खस्यो

elecation

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा कास्कीमा दिउँसो १ बजेसम्म ४२ प्रतिशत मत खसेको छ ।

कास्कीमा उत्साहजनक रुपमा मतदानमा सभागी भएको भन्दै दिउँसो १ बजे सम्म ४२ प्रतिशत मतदान भएको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए । 

कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित तालबराह आधारभूत विद्यालय मतदान केन्द्रमा ३० मिनेटपछि मतदान पुनः शुरु भएको छ । एक मतदाताले मतपेटिका फुटालेपछि मतदान रोकिएकामा सर्वदलीय छलफलपछि फेरी शुरु भएको हो । 

नेकपा बहुमतका कार्यकर्ता टुकबहादुर बिकले मत हालिसकेपछि नेकपा बहुमत जिन्दावादको नारा लगाएर मतपेटिका थेचारेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।