१६ चैत्र २०८०, शुक्रबार

एक एक गोलको बराबरीमा सकियो नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल

nepal vs india

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेका छन् ।

विहीवार दशरथ रगशालामा भएको खेलमा दुवै टोलीले बराबरी खेलेका हुन् । खेलको पहिलो हाफको ३६ औँ मिनेटमा अन्जन बिष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । भारतीय खेलाडीले आफ्नै गोलकिपरलाई पास दिने क्रममा गोल लाइनमा रहेका अन्जनले बल खोसेर खेलको ३६ औँ मिनेटमा गोल गरेका हुन् ।

तर दोस्रो हाफको ६० औं मिनेटमा भारतका लागि अनिरुद्र थापाले गोल फर्काउदै खेललाई एक एक गोलको बराबरी बनाएका हुन् । अन्तिम समयसम्म दुवै टोलीले गोल थप्न कोशिस गरे पनि सफल नभएपछि खेल एक एक गोलको बराबरीमा सकिएको हो । २५ हजार रुपैयाँको बेष्ट प्लेयर अफ त म्याच नेपालका रुपेश तामाङले पाए ।

अब दोस्रो खेल आइतवार साँझ ५ः३० बजे हुनेछ ।