८ बैशाख २०८१, शनिबार

आज दोस्रो नेपाल–भारत मैत्रीपूर्ण फूटबल

nepal vs india

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फूटबल खेल आज हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली राष्ट्रिय फूटबल टोलीले भारतसँग खेल्न लागेको हो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि दुईवटा मैत्रीपूर्ण खेलका लागि भारत नेपाल आएको छ ।

साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका छ । खेल साँझ साढे पाँच बजेदेखि शुरु हुनेछ ।

बिहीबार भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेल हिमालय टेलिभिजन एचडीले प्रत्यक्ष प्रसारण गर्नेछ ।