१६ चैत्र २०८०, शुक्रबार

सबै सिटमा विजय हासिल एमालेको कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा

uml

कास्की–१ बाट एमालेका मनबहादुर गुरुङ विजयी भएसँगै सो जिल्लामा नेकपा एमालेले प्रतिनिधिसभाका सबै सिटमा विजय हासिल गरेको छ ।

कास्कीका– ३ वटा निर्वाचन क्षेत्र मध्ये कास्की–२ बाट विद्या भट्टराई तथा कास्की–३ दामोदार पौडेल बैरागी विजयी भएसँगै कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा एमाले विजयी भएको हो ।

शुक्रवार बिहान घोषण भएको मतपरिणामअनुसार सत्तारुढ गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरदत्त बराललाई २ हजार ५१९ मतले पछाडि पार्दै एमालेका गुरुङ विजयी भएका छन् । गुरुङले २५७०८ मत ल्याउँदा बराल २३१८९ मतमा सीमित भएका थिए ।
 
उता, कास्की–२ बाट भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कडेँललाई पराजित गरेर प्रतिनिधिसभा दोस्रोपटक विजयी भएका हुन् । तत्कालीन एमालेका सांसद रवीन्द्र अधिकारीको निधन भएपछि कास्की–२ को रिक्त स्थानमा भएको उपनिर्वाचनबाट पहिलोपटक विजयी भएकी भट्टराईले दोस्रोपटक प्रतिनिधिसभामा विजयी भएकी हुन् । भट्टराई दिवगंत रवीन्द्र अधिकारीकी धर्मपत्निसमेत हुन् । 

कास्की–३ सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामजीप्रसाद प्रसाद बराललाई हराउँदै पौडेल यसअघि नै विजय भइसकेका छन् । बरालले १७ हजार ५ हजार ५३५ मतमा सीमित हुँदा पौडेलले २२ हजार ९८० मत ल्याएर विजयी भएका हुन् ।