१४ बैशाख २०८१, शुक्रबार

भारतमा काेराेना संक्रमितकाे संख्या उकालाे लाग्याे, केरला प्रदेशमा मात्रै एकैदिन ३३ हजारमा संक्रमण

Corona in India

भारतमा काेराेना संक्रमितकाे संख्या उकालाे लागेकाे छ । केरला प्रदेशमा मात्रै एकदिन झण्डै ३३ हजारमा संक्रमित थपिएकाे भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

जानकारीअनुसार पछिल्लो २४ घण्टामा केराला राज्यमा ३२ हजार ८०१ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्ला केही दिनदेखि भारतको केरला राज्यमा कोरोनाभाइरसबाट दैनिक संक्रमितकाे संख्या एकाएक वृद्धि भएको देखिएकाे छ ।

औसतमा देशभरी दैनिक ३०/४० हजारसम्म सङ्क्रमित हुने गरेको भारतमा अहिले केरलामा मात्रै त्यति सङ्क्रमित देखिन थालेका हुन् । केरलामा कोरोनाभाइरसबाट संक्रमितकाे संख्या एकाएक बढेपछि देशभरी नै चासो र चिन्ता थपिएको स्वास्थ्य अधिकारीले बताएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा देशभरी संक्रमितकाे संख्या ४६ हजार ७५९ रहेको छ । त्यस्तै पछिल्लाे २४ घण्टामा ५०९ संक्रमितकाे मृत्यु भएकाे जनाइएकाे छ । मृत्यु हुनेमा १७९ जना केरलाकाे मात्रै भएकाे समाचारमा जनाइएकाे छ ।

भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कूल चार लाख ३७ हजार ३७० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।