११ बैशाख २०८१, मंगलवार

ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरे : अध्यक्ष प्रचण्ड

Prachanda 2

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफूले ज्ञान प्राप्त गरेको बताउनुभएको छ । शनिबार वाइसीएलको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डाले सम्बोधनका क्रममा भन्नुभयो, ‘केपीसँग एकता गरेर के पाउनुभयो ? भनेर साथीहरुले प्रश्न गर्नुभयो, मैले ज्ञान प्राप्त गरेर आए । अरु त के पाउनु छ र ? ठूलो ज्ञान प्राप्त गरेर आएको छु । त्यो ज्ञान अब कांग्रेस र माधवजीलाई काम लाग्छ । सबैलाई काम लाग्ने ज्ञान प्राप्त गरे ।’

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले पार्टीमा युवाहरुलाई नेतृत्व दिने मन भएको पनि बताउनुभयो । उहाँले आफू छिटोभन्दा छिटो राजनीतिबाट बिदा हुने चाहना भए पनि युवाहरु तयार नहुँदासम्म सुख पाउने सम्भावना नरहेको बताउनुभयो । युवाहरु तयार भएपछि आफू अलि भिन्न भूमिकामा जाने तयारीमा रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।