१३ बैशाख २०८१, बिहीबार

दुई जना मन्त्री प्रदेश १ मा नियुक्त

pradesh1

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले २ जना मन्त्री नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री आर्चायले विगतमा माधवकुमार नेपाल समूहमा रहेका तर नयाँ पार्टीमा नगएका ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाउनुभएकोव हो ।

प्रदेशका निवर्तमान मुख्यमन्त्री शेरधन राईले संखुवासभाका तुलसी न्यौपानेलाई पनि मन्त्री नियुक्त गर्न दबाब दिनुभएको थियो । न्यौपानेलाई मन्त्री बनाउन अध्यक्ष केपी शर्मा ओलीले पनि निर्देशन दिएकोमा आचार्यले अस्वीकार गरेको एमालेका सांसदले बताएका छन् ।

न्यौपानेसँगै उदयपुरका बिमल कार्की र मोरङका जीवन घिमिरेलाई पनि मन्त्री बनाउन आचार्यमाथि दबाब परेको थियो ।