७ बैशाख २०८१, शुक्रबार

चाँडै मन्त्रिपरिषद विस्तार, गठबन्धनबाहेकका दलसँग पनि सहकार्य : कार्की

Gyanendra Bdr Karki
फाइल फोटो

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदले चाँडै पूर्णता पाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज (शनिवार) सञ्चाकर्मीसँग कुरा गर्दै उहाँले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने बताउनुभएकाे हो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागि गराउन कुरा भइरहेको जानकारी दिनुभयो ।

समयको महत्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी दिगो विकासका कार्य गर्ने प्रष्ट पार्नुभएका उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यक्ता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यस सम्बन्धमा छलफल हुने जानकारी दिनुभयो ।