१४ बैशाख २०८१, शुक्रबार

गृहजिल्ला रौतहटमा ओलीभन्दा माधव नेपाल कति बलियो ? यस्तो छ समीकरण

kp oli madhav nepal

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ताको प्रक्रिया थालेपछि उनको गृहजिल्ला रौतहटमा नेता तथा कार्यकर्ताहरु पनि पक्ष विपक्षमा देखिएका छन् ।

नेता नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता प्रक्रिया प्रारम्भ गरेसँगै रौतहटमा केपी ओली र नेपाल पक्षमा नेताहरु विभाजित भएका हुन् । रौतहटमा नेकपा गठन हुनु अघि एमालेमा ८१ सदस्यीय जिल्ला कमिटी रहेको थियो । जसमा नेपाल पक्षमा ५० सदस्य र ओली पक्षमा ३१ सदस्य रहेको एक नेताले बताएका छन ।

नेकपा एमालेका जिल्ला ईञ्चार्ज लालबाबु यादव ओली पक्षमा छन् भने संघीय सांसद् कल्याणी कुमारी खड्का र सरला कुमारी यादव नेपाल पक्षमा छन् । यस्तै संघीय सासद् समिना हुसैन र रेखा कुमारी झा ओली पक्षमा छन् ।

त्यस्तै नेकपा एमालेको प्रदेश कमिटी सदस्यमा रौतहटबाट ओली पक्षमा नौ जना र नेपाल सातजना रहेको प्रदेश कमिटी सदस्य उद्धब रेग्मीले जानकारी दिएका छन । पूर्वमन्त्री प्रभु साहको समूहमा ६ जना प्रदेश कमिटी सदस्य रहेका छन् ।

अध्यक्ष ओली पक्ष प्रदेश कमिटी सदस्यमा उद्धव रेग्मी, अब्दुल कलाम आजाद, दिलिप साह, सचितानन्द साह, जयचन्द्र पटेल, कपिलदेव पटेल, गुलाम सरवर देखिएका छन् ।

नेपाल पक्षमा महेन्द्र चौलागाई, जयरानी देवी सहनी, कमलेश झा, शम्भु साह, हरिनारायण यादव, गिरिधारी मिश्र रहेको बताइन्छ । संविधानसभा सदस्य रामकुमार भट्टराई, शम्भु साह, लक्ष्मण रेग्मी नेपाल नेतृत्वको समाजवादीको पक्षमा उभिएका छन् ।

ओली पक्षमा संविधान सभा सदस्य बबन सिह छन् । रौतहट क्षेत्र नम्बर २ मा सासद पदमा उठेका किरण साह पनि ओली पक्षमा छन् । सिंह र साह केही महिना अघि एमालेमा प्रवेश गरेका हुन ।

एमाले जिल्ला अध्यक्षमा तुलसिराज गिरी छन् । कमल यादवलाई हटाएर केही महिना अघि गिरीलाई अध्यक्षमा चयन गरिएको थियो ।प्रदेश २ को प्रदेशसभामा एमालेभन्दा समाजवादी बलियो देखिएको छ ।

प्रदेशसभामा एमालेबाट प्रतिनिधित्व गर्ने कुल २१ सांसदमध्ये १३ जना समाजवादीमा खुलेका छन् भने एमालेमा आठजना मात्रै देखिएका छन् ।