८ बैशाख २०८१, शनिबार

ठोकर्पामा बस दुर्घटना अपडेटः दुई जनाको निधन, ४१ घाइते

durghatana 2

ठोकर्पाबाट कालिका हुँदै काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको निधन भएको छ ।

कोशीपारी यातायातको बा३ख ८०३० नम्बरको बस सुनकोशी गाउँपालिका–३ छापमा दुर्घटना भएको हो ।

घटनामा ४१ जना घाइते घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

बस ओरालो बाटोको मोडमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

6125e5767bb0d accident

प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार घाइतेहरूको १८ जना सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा , १ जना मध्यपुर ठिमी अस्पताल भक्तपुरमा र २२ जना धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ ।

धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु हुनेमा ललितपुर ठुलो दुर्लुङ घर भएको बर्ष अन्दाजी. ४०/४५ को पुरुष राजन बराम र उमेर अन्दाजी २०/२२ को पुरुष सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।