८ बैशाख २०८१, शनिबार

न्यूनतम साझा कार्यक्रमकाे आधारमा सरकारमा सहभागि हुन्छौं : यादव

upendra yadav 1140x570 2
फाइल फोटो

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको रक्षाको लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाFडै नै सरकारमा सहभागि हुने बताउनुभएकाे छ।

विराटनगरमा पार्टीद्वारा आयोजना गरेकाे कार्यक्रममा उहाँले लाेकतन्त्रकाे रक्षाका लागि सरकारमा सहभागि बन्न लागेकाे बताउनुभएकाे हाे ।

जसपाको सात वटै प्रदेशमा आह्वान गरिएको प्रदेश स्तरीय पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बुधबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भन्नुभयाे, ‘संघीय गणतन्त्र, सामाजिक न्याय, जनताको आधारभूत आवश्यकता, न्यूनतम साझा कार्यक्रम र जसपाको एजेन्डालाई मुख्य आधार बनाएर आगामी हप्ताभित्रै सरकारमा सहभागि हुन्छौं ।’

नेकपा एमाले अध्यक्ष केपी शर्माओली हिटलर जस्तै निर्वाचित तानाशाह बन्न खोजेकोले उहाँको पतन भएको अध्यक्ष यादवले टिप्पणी गर्नुभयाे । ‘लिपुलेक र कालापानीसहितको नक्शा जारी गरेर ओलीले ढोँगी राष्ट्रवादको खोल ओढेका थिए । तर त्यसको केही दिनमै नक्कली राष्ट्रवाद उदांगियो ।’

संविधान संशोधनका लागि सहकार्य गरेको बताउँदै उनले संशोधन नगर्ने नियत बुझेपछि ओलीसँगको सहकार्य अन्त्य भएको उहाँकाे भनाइ छ ।