८ बैशाख २०८१, शनिबार

जसपाको दलको नेतामा रामसहाय यादव

1 86

जनता समाजवादी पार्टी (जसपा) ले बुधबार दलको नयाँ नेता पाएको छ । दलको नेतामा बाराका रामसहाय यादव निर्विरोध चयन भएका छन् । दलको नेतामा अरुको उम्मेदवारी नपरेपछि रामसहाय निर्विरोध बनेका हुन् ।

संघीय परिषद् अध्यक्ष अशोक राई, राजकिशोर यादवलगायत सांसद्‌हरुले दलको नेता बन्ने आकांक्षा देखाए उनीहरुले उम्मेदवारी दर्ता भने गराएनन् । पार्टीका वरिष्ठ नेतासमेत रहेका राई नै संसदीय दलको नेता हुने आकलन गरिएको थियो । आफू सांसद नभए पनि दलको नेतामा रामशहायलाई बनाउन अध्यक्ष उपेन्द्र यादवको चाहना थियो ।

प्रतिनिधिसभामा १२ सिट जितेको जसपाका अध्यक्ष उपेन्द्र यादव भने यसपटक संसद बाहिर रहेका छन् । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा उनलाई सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतले भारी मतान्तरले पराजित गरेका हुन् ।