१६ चैत्र २०८०, शुक्रबार

प्रवक्ताको जिम्मेवारी छाड्दै नारायणकाजी

narayankaji
फाइल फोटो

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको प्रवक्ता रहिरहन अनिच्छा व्यक्त गरेका छन् । उनले आजको स्थायी कमिटी बैठकमा आफू प्रवक्ता रहिरहन नचाहेको बताएका हुन् ।

एक स्थायी कमिटी सदस्यका अनुसार आजको बैठकमा समय अभाव भएको भन्दै उक्त विषयमा अर्को पटक छलफल गर्ने कुराकानी भएको छ ।

“म प्रवक्ताको जिम्मेवारीमा कति रहिरहने ?,” बैठकमा उनले भनेका थिए । नारायणकाजी माओवादीको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका छन् । पार्टी एकता भएर नेकपा बन्नुअघि नेतृ पम्पा भुसाल प्रवक्ता थिइन् ।

नेकपामा प्रवक्ताको जिम्मेवारी सम्हालेका श्रेष्ठले नै नेकपा भङ्ग भएपश्चात् पनि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका छन् ।