११ बैशाख २०८१, मंगलवार

तालिबानको कब्जासँगै अफगानिस्तानमा महिला खेलाडी असुरक्षित, फिफाद्धारा जीवन रक्षाको माग

fifa final

विश्व फुटबल महासंघ फिफाले अफ्गानिस्तानमा रहेका महिला खेलाडीहरुको जीवन रक्षा गर्न विश्व समुदायसँग अपिल गरेको छ ।

अफ्गानिस्तनमा तालिवान विद्राोहीले सत्ता हातमा लिएपछि त्यहाँ रहेका महिला खेलाडीहरुमाथि खतरा बढेको फिफाको भनाइ छ । फिफाले विश्वका विभिन्न शक्तिशाली मुलुकहरुलाई पत्र लेख्दै अफगानिस्तानमा रहेका महिला फुटबल खेलाडीहरुलाई त्यहाँबाट बाहिर निकाल्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

खेलाडीहरुले आफ्नो जीवन जोखिममा परेको भन्दै सहयोगका लागि अपील गरेका छन् । खेलाडीहरुको संस्था फिपप्रोले पनि सहयोगका लागि आह्वान गरेको छ ।

उद्धार योजनाका लागि सरकारहरुसँग सम्पर्क गरिएको र जति सक्दो धेरैको उद्धार गर्ने प्रयास भइरहेको फिपप्रोले उल्लेख गरेको छ । अफगानिस्तान कि राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान खालिदा पोपालले खेलाडीहरुको जिवन रक्षाको लागि सार्वजनिक अपिल गरेकी छिन् ।

पूर्व प्रशिक्षक हाले कार्टरले केही खेलाडीहरु अफ्गानिस्तानबाट उद्धारको याचना गर्दै आफुसँग सम्पर्कमा रहेको बताएकी छिन् । तालिवानले शिक्षा र खेलकुदमा बन्देज लगाउने त्रासमा अधिकांश महिला रहेका छन । अफगानिस्तानमा सन् २००७ मा पहिलो राष्ट्रिय महिला टिम बनाइएको थियो ।