१७ मंसिर २०७८, शुक्रबार

वामदेव एमालेमै रहे पनि नेतृत्वको कार्यशैलीप्रति मतभेद कायमै

bamdev with kp oli
फाइल फोटो

नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताएका छन् ।

गौतमको सचिवालयले उनी नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नुलाई विज्ञप्तीमा चरित्र हत्याको संज्ञा दिइएको छ । गौतम एमालेमै रहेपछि नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि राख्दै आएको मतभेद भने कायमै रहेको विज्ञप्तीमा उल्लेख छ ।

केही दिनअघि नेपाल समूहले गौतम पनि एकीकृत समाजवादी पार्टीमा सहभागी हुने दावी गरेको थियो । गौतम लामो समयदेखि पार्टी अध्यक्ष केपी ओली र नेपाल पक्षविच एकता कायम गर्ने अभियानमा सक्रिय रहेका छन ।