३ आश्विन २०८१, बिहीबार

वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानले रुपन्देही–२ मा एमालेलाई सघाउने घोषणा

314391570 516577107042755 8439704368726404948 n1667812671

वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले रूपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने घोषणा गरेको छ । 

अभियानको केन्द्रीय कमिटीको निर्णय अनुसार रुपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने गरी निर्णय भएको अभियानका केन्द्रीय उपाध्यक्ष महेन्द्र अर्यालले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिए । 

‘हामीले केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर रूपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने निर्णय गरेका छौं,’ अभियानका लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका अर्यालले भने । रुपन्देहीको विकासमा विष्णु पौडेलको भूमिकाको कसैले पनि अवमूल्यन गर्न नहुने उनले बताए ।

अर्यालले एमाले उम्मेदवार विष्णु पौडेल सधैँ वाम एकताको पक्षमा लाग्ने र वामपन्थी शक्तिहरुको हितमा काम गर्ने भएकाले समर्थन गरेको जानकारी दिए । ‘हाम्रो राष्ट्रिय एकता अभियानको केन्द्रीय कमिटीको बैठकबाट रूपन्देही २ मा एमालेलाई सघाउने निर्णय भएको छ’, अर्यालले भने ।

आफ्नो पार्टी चुनावमा सहभागी नभएकाले अन्य क्षेत्रको विषयमा भने पछि निर्णय हुने उनले बताए । उक्त अभियानले यस क्षेत्रमा आफ्नो करिब २ हजार ५ सय मत रहेको दाबी गर्दै आएको छ । कार्यक्रममा एमाले उपध्यक्ष तथा उम्मेदवार विष्णु प्रसाद पौडेलले आफूले सबैको हित हुनेगरी साझा विकासमा जोड दिने बताएका थिए ।