१५ बैशाख २०८१, शनिबार

‘जनताको दु:खमा मलमपट्टी लगाउन भए पनि म काँग्रेस सभापति बन्नु पर्छ’

Pro Ktm Prakashman b
फाइल फोटो

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफु सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् ।

शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको विचार गोष्ठीमा नेता सिंहले आमजनताको दुखमा मलमपट्टी लगाउन लागि भए पनि आफू काँग्रेस सभापति बन्नु पर्ने बताए ।

आफू सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने उनको भनाई छ । ‘आम जनताको दुखमा मलमपट्टी लगाउन भए पनि म कांग्रेसको सभापति बन्नु पर्छ, सबैलाई मिलाउन सक्ने मसँग क्षमता छ’ उनले भने ।

‘पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ, म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दैन ।’

१३ औं महाधिवेशन पछि अहिले नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको उनले बताए । नेतृत्व गलत भएपछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गरेसरह हुने टिप्पणी समेत गरे ।