१४ बैशाख २०८१, शुक्रबार

सियोमा पनि विदेशकै भर ! नेपालमा १ अर्बभन्दा बढीको सियो आयात

siyo

नेपालमा अझै पनि एउटा उखान प्रचलित छ, ‘यो देशमा सियो त बन्दैन, अरू के बन्छ र ?’ यही उखानमार्फत नेपालको औद्योगिक विकासको सन्दर्भमा व्यंग्य पनि गरिन्छ ।यो उखान आजको दिनसम्म पनि सत्य हो ।

वास्तवमा नै आजको दिनसम्म नेपालमा सियो उत्पादन गर्ने उद्योग स्थापना भएको छैन । नेपालमा ठूलाठूला उद्योग स्थापना हुने क्रम जारी छ । तर, एउटा सामान्य सियो उत्पादन गर्ने उद्योग हालसम्म स्थापना भएको छैन । साथै, त्यस्ता उद्योग स्थापनामा गर्नमा सरकार तथा निजीक्षेत्रले पनि वास्ता गरेका छैनन् ।

नेपालमा आवश्यक पर्ने कुनै पनि प्रकारको सियो विदेशबाट नै आयात गर्नुपर्ने बाध्यता रहेको छ । विशेषगरी नेपाल र भारतदेखि यसको आयात गर्ने गरिन्छ, जुन पछिल्ला वर्षहरूमा बढ्दै पनि गएको छ ।

गत आवमा मात्र नेपालमा रू.१ अर्ब १३ करोड ८६ लाख ७२ रुपैयाँको सियो आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । आर्थिक अभियान दैनिकमा खबर छ ।