५ जेष्ठ २०८१, शनिबार

‘कुछ तो शरम करो यारो’ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले २ नम्बर प्रदेशको नाम तोक्न नसकेकोमा असन्तुष्टि जनाएका छन्। उनले बुधबार बिहान ट्विट गर्दै २ नम्बर प्रदेशको नाम मधेस राख्न किन आपत्ति भयो र भनी प्रश्न गरेका छन्।

मंगलबार राति मात्रै पनि उनले कम्युनिष्ट पार्टीका प्रतिनिधिले जातीय पहिचानलाई भन्दा कुनै धार्मिक पात्रको नामलाई अघि सारेकोमा अचम्म लागेको भनी ट्विट गरेका थिए। नेकपा नाम गरेको दलको हर्कत देखेर मार्क्स,एंगेल्स,लेनिन, माओ जीवित भए के भन्दा हुन् ? भन्दै व्यंग्य गरेका थिए।

उनले लेखेका छन् हिन्दीमा भाषामा , जब ‘मधेसी’पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’क्यों नहीं हो सकता?हमारे पूर्व माओवादी कमरेडो मातृका यादव,प्रभु साह,भरत साह कहाँ हैं?और पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा,रामकुमार शर्मा,महेन्द्र पासवान कहाँ हैं?कुछ तो शरम करो यारो!

नेपालको संविधानमा ‘मधेसी’ पहिचान स्वीकार गरिसकेको छ भने २ नं प्रदेशको नाम मधेस किन हुन सक्दैन?’ ‘हाम्रा पूर्व माआवादी कमरेडहरु मातृका यादव, प्रभु साह, भरत साह कहाँ छन्रु’ भट्टराईले भनेका छन्,–‘अनि पूर्व नयाँ शक्तिवाला साथीहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ छन् ? केही त लाज मान यार ?’