१५ चैत्र २०८०, बिहीबार

स्वर्णिम वाग्लेको विद्रोह‘भद्र राजनीतिक विद्रोह’हो गम्भीर रूपमा लिऊँ : बाबुराम भट्टराई

Dr. baburam bhattarai
फाइल फोटो

नेपाली कांग्रेस छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने अर्थविद् डा.स्वर्णिम वाग्लेको कदमलाई पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘भद्र राजनीतिक विद्रोह’को उपमा दिएका छन्। र,यसलाई हल्काफुल्का रूपमा लिन नहुने टिप्पणी पनि गरेका छन्।

देश चौतर्फी गम्भीर संकटको अवस्थामा रहेका बेला डा. वाग्लेको ‘विद्रोह’लाई गम्भीर रूपमा लिन पूर्वप्रधानमन्त्री डा। भट्टराईले आग्रह गरेका छन्।

‘डा.स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठीक भन्ने कुरा मतदाताले छिटै फैसला गर्ने नै छन्। तर यसलाई त्यत्तिकै हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन’, भट्टराईले शुक्रबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन। अतः डा.वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिऊँ।