१४ बैशाख २०८१, शुक्रबार

ठाकुर पक्षद्वारा जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन, चुनाव चिन्ह साइकल

new jasapa

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ ।

ठाकुर पक्षका नेता चन्दा चौधरीले अनुसार नयाँ पार्टी दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुगेको जानकारी दिनुभयो ।

चौधरीका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) र चुनाव चिन्ह साइक प्रस्ताव गरिएको छ ।

राष्ट्रिपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपा ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको हो ।