७ बैशाख २०८१, शुक्रबार

सार्कका लागी मृगौल प्रत्यारोपण पछी प्रधानमन्त्री ओली आज सिंहदरबार जाँदै

saarc corona videoconference

शुक्रबार शिक्षण अस्पताल महाराजगन्जबाट मिर्गौला प्रत्यारोपणपछि डिस्चार्ज भएका प्रधानमन्त्री ओली आज साँझ सवा ५ मा हुने सार्क राष्ट्रहरूको भिडियो कन्फरेन्सको लागी सिंहदरबार जाँदैछन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबारनै स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल जाँदैछन् ।

शुक्रबारनै ट्विटरमार्फत आफ्ना भनाइ राख्दै कोरोनाविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न सार्क सदस्य राष्ट्रलाई भारतिय प्रधानमन्त्री मोदिले आह्वान गरेका थिए।

मोदीको सो प्रस्तावलाई सार्क क्षेत्रका अन्य देशका राष्ट्र तथा सरकार प्रमुखले पनि स्वागत गरेका थिए।
कन्फरेन्सबारे अन्य सदस्य मुलुकहरू तत्काल सहमत भए पनि पाकिस्तानले सबैभन्दा अन्तिममा सहमति जनाएको हो।

पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता आयसा फारुखीले शनिबार दिउँसो भारतको प्रस्तावलाई समर्थन गर्ने सन्देश नेपाललाई दिएकी थिइन्। अन्य राष्ट्रबाट कार्यकारी प्रमुख या परराष्ट्रमन्त्री सहभागी हुने भएपनि पाकिस्तानबाट स्वास्थ्यमन्त्री सहभागी हुने जनाइएको छ ।

सन् २०१६ मा पाकिस्तानको इस्लामाबदमा सार्क शिखर सम्मेलन हुने कार्यक्रम थियो। काश्मीरको उरीमा आतंकवादी आक्रमण भएका कारण भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएको थियो। त्यसपछि शिखर सम्मेलन हुन सकेन।