७ बैशाख २०८१, शुक्रबार

जीपी तिमल्सिनासँगको वैवाहिक सम्बन्ध तोड्ने निर्णयमा उषा खड्गी

usha gp

ईमेज टेलिभिजनसँगको कुराकानीमा पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकी छन् । १७ वर्षअघि जीपी तिमल्सिनासँग वैवाहिक सम्बन्धमा बाँधिएकी खड्गीले आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको बताएकी छन् ।

उक्त अन्तर्वार्तामा वैवाहिक सम्बन्धका क्रममा झेलेको हिंसाको प्रसंगमा खड्गी भक्कानिएकी छन् । “वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो”’ भनेर वैवाहिक सम्बन्ध तोड्नुको कारण भनेकी छन् ।

usha khadgi status

यसअघि पनि उषा र जीपीबीच डिभोर्स को हल्ला चलेको भएपनी उनिहरुले सो कुरा नकार्दै आएका थिए । उनले फेसबुकमा स्टाटसमा लेख्दै माया र सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छन् र यसले आफूलाई थप बलियो बनाएको बताएकी छन् । हाल उषा र जीपीबाट एक छोरा र एक छोरी छन् ।

अहिले उषा खड्गी ले आफ्नो स्ट्याटस फेसबुक बाट हटाउन भएको छ ।

    सम्बन्धित समाचार...