८ बैशाख २०८१, शनिबार

कोरोनाभाइरस महामारीका कारण स्पेनमा आपतकालीन अवस्थाको घोषणा

spain

स्पेनी सरकारले कोरोनाभाइरस महामारीका कारण आपतकालिन अवस्था घोषणा गर्दै छ । स्पेनमा हालसम्म कोरोनाभाइरसको कारण १२० जनाले ज्यान गुमाइसकेका छन् भने ४,२०० संक्रमित भेटिएका छन् ।

बिहीबार छिमेकी राष्ट्र पोर्तुगालले कोरोनाभाइरस महामारीलाई रोक्न देशभरका सबै स्कूलहरू बन्द गर्न आदेश दिएको थियो ।पोर्तुगालमा ७८ जना संक्रमित पुगिसकेपछि “यो लडाई हाम्रो बाँच्न र पोर्तुगाली जीवनको सुरक्षाको लागि हो” भनिएको छ । पुर्तुगालका दर्जनौं स्कूल र विभिन्न विश्वविद्यालयहरूका विद्यार्थी र शिक्षकहरूमा भाइरस देखा परेको केही दिन पछि बन्द गरिएको हो।

यसैगरी स्पेनमा स्कूल र विश्वविद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ भने बार र रेष्टुरेन्टहरूमा आउने ग्राहकहरूको संख्या घटाउने बताइएको छ।