१५ चैत्र २०८०, बिहीबार

मोदीले सार्कलाई कोरोना भाइरस संकटमा सम्झिए, प्रधानमन्त्री ओलीको एक्यबद्दता

narendra Modi Meets KP OLI3

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस संकटमा दक्षिण एसियाली क्षेत्री सहयोग संगठन (सार्क) लाई सम्झिएका छन्। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात (विमस्टेक) मा पाकिस्तान पर्दैन । पाकिस्तान सहितको सार्कलाई बेवास्ता गर्दै बिम्स्टेकलाई अघि लगेका मोदीले कोरोना संकट बढ्दै गएपछि सार्कलाई सम्झिएका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार ट्विटरमार्फत आफ्ना भनाइ राख्दै कोरोनाविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न सार्क सदस्य राष्ट्रलाई आह्वान गरेका छन्। भारतको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार भारतमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।कोरोना संक्रमणको कारण एक जनाले ज्यान गुमाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको ट्वीट्लाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले “मेरो सरकार सार्क सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न तयार छ” भनेका छन् ।

मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली डाक्टरको अनुमतिपछि उहाँले शुक्रबारदेखि ‘ट्याब्लेट’ प्रयोग गर्न थाल्नुभएको हो ।