१४ बैशाख २०८१, शुक्रबार

(पूर्णपाठ) माओवादी केन्द्रको प्रस्तावः ओलीविरुद्धको गठबन्धन चुनावसम्म कायम होस्

maobadi kendra

नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी ओलीविरुद्ध बनेको वर्तमान सत्तारुढ गठबन्धनलाई आउने तीनै तहका निर्वाचनसम्म कायम राख्ने प्रस्ताव अघि सारेको छ ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले शनिबार पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ओलीविरुद्धको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्ने प्रस्तावमा उल्लेख छ ।

प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने समेत योजना आफ्नो प्रस्तावमा अघि सारेका छन् । ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने समेत प्रचण्डको भनाई छ ।

प्रचण्डले एमालेसँगको एकता र गठबन्धन उपयुक्त भए पनि केपी ओलीको अहंकार र दम्भका कारण नेकपा विघटन भएको बताए ।

पूर्णपाठ

1 1 2
2 1
3 1
4 1
5
6
7
8