१५ बैशाख २०८१, शनिबार

गठबन्धनमाथि ओलीको कडा हमला, भारतसँग सरकार डराएको आरोप

kp oli 1

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार र सत्ता गठबन्धनमाथि कडा हमला गर्नुभएको छ ।

सत्ताबाट बाहिरिएपछि पहिलो पटक प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा प्रतिनिधिसभामा बोल्दै ओलीले सरकारको चर्को आलोचना गर्नुभएको हो ।

ओलीले सरकारको साझा न्यूनतम कार्यक्रममाथि कडा आपत्ति जनाउनुभयो । लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएपनि त्यसलाई समस्या भनेर सरकारले त्यसलाई छोड्न खोजेको गम्भीर आशंका गर्नुभयो । ओलीले त्यो भूमि फिर्ता ल्याउन सरकारलाई सचेत गराउनुभयो ।

सरकारले साझा न्यूनतम कार्यक्रममा छिमेकीहरुसित सीमा समस्या रहेको भनेकोमा पनि ओलीले आपत्ति जनाउनुभयो । कोसँग कस्तो समस्या छ भनेर पनि उहाँले सरकारलाई सोध्नुभयो ।

वर्तमान सरकार भारतसित डराएको ओलीको टिप्पणी छ । उहाँले एमसीसीबारे सरकारको धारणा के हो भनेर पनि प्रश्न गर्नुभयो ।