१४ बैशाख २०८१, शुक्रबार

नमस्कार गर्दै ओलीले भने- मन्त्री दिनुस् न प्लिज, हिरिक्क-हिरिक्क भका छन् !

oli deuba

प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नमस्कार गर्दै मन्त्री दिन आग्रह गरेका छन् ।

मंगलबार संसद बैठकलाई सम्बोधन गरेका एमाले संसदीय दलका नेता ओलीले मन्त्री पदकै लागि आफ्ना पार्टीका केहि मान्छेहरु चाकरी गरिरहेको भन्दै ओलीले मन्त्री दिनुस् भन्दै आग्रह गरेका हुन् ।

सम्बोधनका क्रममा जाँदाजाँदै ओलीले देउवालाई भने- ‘मेरै पार्टीका केहि मान्छेहरु पाउला र खाउला भनेर यहाँका पछि कुधेका छन् प्रधानमन्त्री ज्यु ! तिनिहरुलाई मन्त्री दिनुस न ! हिरिक्क-हिरिक्क भका छन् विचराहरु ! मन्त्र खानका लागि प्लिज !’

उनले अघि भने ‘पछी त लगाई सक्नु भयो, मन्त्री खान पाउँ भन्याछन् , विहान-बेलुकै चाकरीमा हाजिर भएका छन् , मन्त्री दिनुस न प्लिज ! मेरो दलमा अलिकति घाटा भए पनि सहुँला।’