१५ बैशाख २०८१, शनिबार

नेपाललाई वरिष्ठ नेता दिएकोप्रति गौतमको आपत्ति

bamdev madhav

नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपाललाई वरिष्ठ नेता दिएकोमा उपाध्यक्ष वामदेव गौतमले आपत्ती जनाएको छ ।

अध्यक्ष केपी ओलीले आज अनौपचारिक रुपमा आयोजना गरेको विधानमाथिको छलफलका क्रममा गौतमले यस्तो आपत्ती जनाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

गौतमले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाउनसमेत प्रस्ताव गरेका छन् । उनले अध्यक्ष उपाध्यक्षलगायतको पदाधिकारी मात्र रहनु ठिक हुने बताए ।

वरिष्ठ नेता राख्दा गुठबन्दी नेतृत्व त्यहीबाट सुरु हुनेभन्दै पार्टीमा यस्तो पद नराख्न सुझाव दिएका छन् । एमालेको विधानमा अध्यक्षपछि दोस्रो वरियतामा निवर्तनमा अध्यक्ष पदाधिकारीको हैसियतमा रहने व्यवस्था छ । उक्त विधान अनुसार वरिष्ठ नेता झलनाथ खनाल वरिष्ठ नेता हुन् । तर, एमालेमा अहिले माधव नेपाललाई पनि वरिष्ठ नेताको दर्जा दिइएको छ ।