११ बैशाख २०८१, मंगलवार

जापान पुगेका यात्रुले १४ दिन आफ्नै खर्चले क्वारेन्टाइनमा बस्नुपर्ने

japan

नेपालबाट चीन, कोरिया, हङ्कङ र मकाउ हुँदै जापान आउँदा मार्च ९ तारिक रातीको १२ बजे (जापानी समय अनुसार) पछि अराइभल समय भएका सबै यात्रुहरुलाई दुईहप्ता तोकिएको स्थानमा क्वरेनटाइनमा बस्नुपर्ने नियम लागू हुँदैछ ।

जापान सरकारले नेपालबाट ट्रान्जिट हुँदै जापान पुगेका यात्रुले १४ दिन आफ्नै खर्चले क्वारेन्टाइनमा बस्नुपर्ने नियम मार्च ९ देखि मार्च महिनाको अन्त्यसम्म लागु हुने जनाएको छ । तर, कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएमा यो नियम अझै लम्बिने अनुमान छ।

नेपालबाट जापानको लागि नेपाल वायु सेवा निगमले मात्रै सिधा उडान भर्दै आएको छ । थप जानकारीका लागि आफुले टिकट लिनुभएको ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहोला ।