८ बैशाख २०८१, शनिबार

कोरोनाको प्रभाबले रोकियो नेफ्टा अवार्ड

Nefta awards

विश्वव्यापी महामारीको रुप लिँदै गएको कोरोना भाइरसको त्रास अहिले नेपालमा पनि बढिरहेको छ । यस्तैमा नेपाल सरकारले समेत कोरोनाबाट बच्न भिडभाड हुने खालका कार्यक्रमहरु स्थगित गर्न आदेश दिइसकेका छन । भने यसको असर नेपाली फिल्माक्षेत्रमा समेत परेको छ ।

यस्तैमा चलचित्र प्राबिधिक सँघले चैत्र २२ गत्ते मा टुँडिखेलमा हुने भनिएको दशौँ ‘नेफ्टा’ अवार्ड पनि स्थगित गरेका छन । आयोजक संस्था चलचित्र प्राविधिक संघ (नेफ्टा)’ले प्रेस विज्ञप्ति जारी गर्दै तत्काललाई पुर्वनिर्धारित मितिमा अवार्डका कुनै पनि कार्यक्रम आयोजना नहुने जानकारी गराएको छन ।

त्यसैगरी यहि फागुन २७ गते अवार्डको मनोनयन सार्वजनिक गर्ने सेड्युल पनि तत्काललाई स्थगित गरिएको छ । नेफ्टासँगै अवार्ड आयोजनामा साझेदारी गरेको ड्रिम हाइ नेपालले समारोहको तयारी अन्तिम चरणमा पुगिसकेको बताएको छन ।

पुर्वनिर्धारित मितिमा अवार्ड सम्पन्न हुन नसकेपनि नयाँ मितिमा अवार्ड भव्य र सभ्यरुपमा आयोजना गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । कोरोनाका कारण फागुन ३० मा रिलिज हुने भनिएको ‘म यस्तो गीत गाउँछु २’ र चैत ७ मा रिलिज तयारीमा रहको ‘नीरफूल’ले रिलिज स्थगित गरिसकेका छन् ।

चलचित्र निर्माता सँघले समेत एक बिज्ञप्ति जारी गर्दे हाल छायाँकन भइरहेको फिल्महरुलाइ समेत तत्कालका लागि रोक्न समेत लगाइएको छ ।

    सम्बन्धित समाचार...