१२ बैशाख २०८१, बुधबार

फुटबलर चिनिमीको मैदानमा फुटबल खेल्दा खेल्दै निधन !

Chineme Martins

नाइजेरिया एक फुटबल खेलाडीको खेल्दा खेल्दै मृत्यु भएको छ । नाइजेरियाका फुटबलर चिनिमी मार्टिन्सको आइतबार खेल्दा खेल्दै मैदानमा मृत्यु भएको हो ।

नासारावा युनाइटेडका २२ वर्षे खेलाडी मार्टिन्स काट्सीना युनाइटेडविरुद्धको खेलको दोस्रो हाफमा मैदानमा लडेका थिए । मैदानमा अचेत बनेका उनलाई अस्पताल लगिएको थियो र उपचारका क्रममा उनको मृत्यु भयो ।

Chineme Martins ambulance

खेल्दा खेल्दै मैदानमा खेलाडीको मृत्यु भएपछि नाइजेरिया फुटबल फेडेरेसनले खेलमा औषधीको सुविधा अनिवार्य गर्न र खेलाडीको स्वास्थ्य जाचँ गर्न निर्देशन दिएको छ । एजेन्सी

    सम्बन्धित समाचार...