
फाइल फोटो
जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् ।
अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गर्दै जसपाका सम्पूर्ण शुभचिन्तक, समर्थक, सदस्य तथा पार्टीका विभिन्न तहमा कार्यरत रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु पार्टीको झन्डामुनी एकताबद्ध हुन उनले आह्वान गरेका हुन् ।
अध्यक्ष यादवले एकीकृत हुनका लागि रत्तिभर पनि विचलित नहुन पनि आग्रह गरेका छन् । उनले प्रतिगामी शक्तिहरु षड्यन्त्रपूर्ण ढंगले जसपा विरुद्ध लागेर फुटाउ र राज गरको नीति अनुरुप सक्रिय रहेको उल्लेख गरेका छन् ।