१७ बैशाख २०८१, सोमबार

तीन हजार नौ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३७ जनाको निधन

60f7fc3acce91 fdrd

कोरोना भाइरसबाट आज देशभर थप ३ हजार ९ सय ३८ जना सङ्क्रमित भएका छन् ।

११ हजार ८ सय ७० वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ३ हजार ७ जना तथा ६ हजार ५ सय ३८ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय ३१ जना गरी जम्मा ३ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशभरबाट गएको २४ घण्टामा २ हजार १२ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।

योसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ६ लाख ६३ हजार ६ सय ६३ जना निको भएको मन्त्रालयले जनाएको छ ।

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९३ दशमलव ७ प्रतिशत रहेको छ ।

देशभरि आज कोरोना सङ्क्रमणबाट ३७ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ९ हजार ९ सय ९४ पुगेको छ ।

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३४ हजार ४ सय २२ जना सक्रिय सङ्क्रमितले उपचार गराई रहको मन्त्रालयले जनाएको छ ।

जसमा ७ सय १३ जनाले आइसियु र १ सय ५८ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

सरकारले कोरोना सङ्क्रमणको महामारीलाई नियन्त्रण गर्न जारी राखेको खोप कार्यक्रममा गत २४ घण्टाभित्र १ लाख १७ हजार ७ सय ७९ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्मको तथ्याङ्कमा ४३ लाख ५९ हजार २ सय ७७ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने २१ लाख ३० हजार ९ सय जनाले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।