१६ चैत्र २०८०, शुक्रबार

टोकियो ओलम्पिक : हालसम्म २५७ स्वर्णको टुंगो लाग्यो

Olympic

टोकियो ओलम्पिक २०२० को जारी संस्करणमा हालसम्म २५७ स्वर्णको टुंगो लागेको छ । कुल ३३९ स्वर्ण रहेको टोकियो ओलम्पिकको जारी संस्करणमा सबैभन्दा बढी चीनले ३३ स्वर्ण जितेर शीर्ष स्थानमा आफ्नो वर्चश्वतालाई यथावत राखेको छ ।

२३ जुलाईमा टोकियो ओलम्पिक उद्घाटन भए यता हालसम्म ५९ राष्ट्रले कम्तिमा एक स्वर्ण जितेको छ । हालसम्म ८६ राष्ट्रले कम्तिमा एक पदक जितेको छ ।

चीनले हालसम्म ७३ पदक जितेको छ । सबैभन्दा बढी पदक जित्नेमा भने संयुक्त राज्य अमेरिका अगाडि छ । अमेरिकाले हालसम्म ८७ पदक जितेको छ । अमेरिकाले २७ स्वर्ण, ३४ रजत र २६ काँस्य पदक हात पारेको हो ।

अमेरिकाको रजत पदकको संख्या चीनको भन्दा बढी हुनुले उसले स्वर्णका लागि भएको स्पर्धामा पछाडि परेर रजतमा चित्त बुझाउनुपरेको देखिएको छ ।

चीनले ३३ स्वर्ण, २४ रजत र १६ काँस्यसहित कुल ७३ पदक जितेको छ । आयोजक जापानले हालसम्म २१ स्वर्ण, आठ रजत र १४ काँस्यसहित कुल ४३ पदक जितेको छ । तर ऊ सबैभन्दा बढी पदक जित्नेमा पाँचौं स्थानमा छ ।

सबैभन्दा बढी पदक जित्नेमा बेलायत चौथो स्थानमा छ । उसले १६ स्वर्ण, १८ रजत र १६ काँस्य गरी कुल ५० पदक जितेको छ । अष्ट्रेलियाले भने १७ स्वर्ण जितेर बेलायतभन्दा माथि छ । यद्दपी उसले कुल ३९ पदक जित्दा छैठौं स्थानमा धकेलिएको छ । तेस्रो स्थानको रुसले हालसम्म १५ स्वर्ण, २१ रजत र १९ काँस्यसहित ५५ पदक जितेको छ ।

जर्मनीले नौ स्वर्ण, इटाली, नेदरल्याण्ड्स र न्युजिल्याण्डले सामान सात सात स्वर्ण जित्दा फ्रान्स र इरानले छ छ स्वर्ण जितेको छ । हँगेरी र क्यूबाले पाँच पाँच स्वर्ण तथा क्यानाडा, ब्राजिल र चेक रिपब्लिकले चार चार स्वर्ण हात पारेको छ ।

स्वीटजरल्याण्ड, पोल्याण्ड, क्रोएशिया र जमैकाले तीन तीन स्वर्ण जितेको छ । स्वीडेन, चाइनिज ताइपेइ, जर्जिया, डेनमार्क, नर्वे, इरान, स्लोभाकिया, इक्वेडर, ग्रीस, उज्वेकिस्तान, कोसोभो र कतारले दुई दुई स्वर्ण हात पारेको छ । २५ राष्ट्र एक एक स्वर्ण जितेको छ ।